गुजरातमा कोरोनाको हाई अलर्ट , जनवरी ३१ तारिख सम्म आपतकालिन रुपमा बिद्यालय बन्दको घोषणा — OSNepal

गुजरातमा कोरोनाको हाई अलर्ट , जनवरी ३१ तारिख सम्म आपतकालिन रुपमा बिद्यालय बन्दको घोषणा

LC (KTM) January 07, 2022 0

कोरोना भाइरस कोभिड १९ को बढ्दो केसलाई ध्यानमा राख्दै गुजरात सरकारले नयाँ कोरोना गाइडलाइन जारी गरेको छ । जसअनुसार कक्षा १ देखि ९ सम्मका विद्यालयहरू जनवरी ३१ तारिख सम्म बन्द गरिएको छ । यस अवधिमा बालबालिकाको पढाइ अब अनलाइन हुनेछ। यसैगरी, निर्देशिकामा रातिको कर्फ्यू बिहान १० बजेसम्म लम्ब्याइएको छ ।

गुजरातमा पछिल्लो २४ घण्टामा ५३९६ नयाँ कोरोना संक्रमित भेटिएपछि सक्रिय केसको संख्या १८ हजार ५८३ पुगेको छ । यो सँगै शुक्रबार राज्यमा १ हजार १ सय ५८ संक्रमित निको भएका छन् । यससँगै राज्यमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका २०४ केस फेला परेका छन्, अब राज्यमा कुल कोरोना संक्रमितको संख्या ८,५०,२५२ पुगेको छ।

यससँगै ८,२१,५४१ बिरामी निको भएका छन् । बढ्दो केसहरूको बीचमा, गुजरात उच्च अदालतले सोमबारदेखि अनलाइन सुनुवाई गर्ने निर्णय गरेको छ। गुजरात हाईकोर्ट वकिल संघले प्रधानन्यायाधीशलाई अदालतको कार्यवाही अनलाइन गर्न अनुरोध गरेको थियो। वकिलहरूले कोरोनाका बढ्दो केसका कारण अदालतको कारबाही आगामी तीन सातासम्म अनलाइन गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर