ओखलढुङ्गामा कोरोना सङ्क्रमितलाई पौष्टिक आहार वितरण गर्दै सविता — OSNepal

ओखलढुङ्गामा कोरोना सङ्क्रमितलाई पौष्टिक आहार वितरण गर्दै सविता

LC (KTM) June 01, 2021 0

काठमाडौ । कोरोना सङ्क्रमितलाई पौष्टिक आहार वितरण गर्दै मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सविता राई । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना सङ्क्रमितको आत्मबल र रोग प्रतिरोधात्मक क्षमता बढाउने अभियानअन्तर्गत ५१ जना सङ्क्रमितलाई भेटेर स्वास्थ्य सामाग्री र पोसिलो खानेकुरा वितरण गरिसकेको छ ।

संवैधानिक इजलाससम्बन्धमा समाधान खोज्ने सहमति:-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीबीच संवैधानिक इजलाससम्बन्धी विवादको दीर्घकालीन समाधान खोज्ने विषयमा सहमति भएको छ । प्रधानन्यायाधीश राणासँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलाससम्बन्धी विवादको समाधान खोज्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

“संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ, नियममै आवश्यकताका आधारमा परिवर्तन गरी वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने विषयमा सहमति भएको छ”, अध्यक्ष शाक्यले भन्नुभयो, “कुनै कन्फ्ल्क्टिस अफ इन्ट्रेष्ट भएमा वा स्वास्थ्यका कारणबाट बस्न नसक्ने भएमा त्यसभन्दा तहको न्यायाधीश राख्ने सहमति भएको छ ।”

बारका अध्यक्ष शाक्यसहित पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश राणाले भविष्यमा पनि संवैधानिक इजलास गठन गर्दा विवादरहित ढंगले गर्न छलफल गर्नुभएको थियो । न्याय परिषद्बाट एक हप्ताभित्र संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली २०७२ संशोधन गरी सर्वोच्च अदालतको पूर्ण बैठकले पारित गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर