सत्तारुढ दलले न्यायालय भत्काएको आरोप लगाएका भट्टराईले भने, गठवन्धलाई प्रधानन्यायाधीशलाई निर्देशन गर्ने अथोरिटी कहाँ छ ? — OSNepal

सत्तारुढ दलले न्यायालय भत्काएको आरोप लगाएका भट्टराईले भने, गठवन्धलाई प्रधानन्यायाधीशलाई निर्देशन गर्ने अथोरिटी कहाँ छ ?

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । नेकपा (एमाले)का नवनिर्वाचित सचिव योगेश भट्टराईले एमालेले भविष्यमा सबै कम्युनिष्टलाई एक बनाउने बताएका छन् । बिहिबार राति एक कार्यक्रममा सहभागी भएका नेता भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनावी मैदानमा उत्रिदा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै सबै कम्युनिष्टलाई एक बनाउने बताएका हुन् ।

उनले भने,‘अध्यक्ष ओलीको नेतृत्वमा चुनावमा जाँदा एमालेले बहुमत ल्याउँछ। यो सम्भावना धेरै छ,‘हामीले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढेका छौं । अब एमाले अघि बढ्यो ।’

सत्तारुढ पँच दलले न्यायालयलाई भत्काएको आरोप लगाएका नेता भट्टराईले उनले सरकारलाई कडा प्रश्न गरेका छन् , ‘पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीशलाई निर्देशन गर्ने कहाँ छ अधिकार ?’‘पाँच दललाई त्यो भन्ने अथोरिटी कहाँ छ ?’

उनले पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निर्देशन दिने अधिकार नभएको दाबी गरे ।

कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर देखाउन समेत चुनौती दिएका छन् । महाभियोग लगाउन कांग्रेस र माओवादीसँग एक्लै त्यो संख्या नभएको भन्दै आफ्नो पार्टी एक्लैले महाभियोग लगाउने संख्या भएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर