कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २५ वर्षीय रबिनसहित दुई जना पक्राउ — OSNepal

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २५ वर्षीय रबिनसहित दुई जना पक्राउ

LC (KTM) September 13, 2021 0

पर्वत २८ भदौ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोदी गाउँपालिका-८ चित्रे बस्ने २५ वर्षीय रबिन सुनार र सोही ठाउँ बस्ने २६ वर्षीय दल बहादुर नेपाली रहेका छन् ।

जिल्ला अदालत पर्वतको २०७७ चैत १० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतको आदेशले कैद सजाय भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर