फिल्म ‘सिंघम’ की नायिका काजल अग्रवाल आमा बन्दै — OSNepal

फिल्म ‘सिंघम’ की नायिका काजल अग्रवाल आमा बन्दै

LC (KTM) September 17, 2021 0

एजेन्सी- अभिनेत्री काजल अग्रवाल आमा बन्न लागेको खबर बाहिर आएको छ । गत वर्षको अक्टोबर ३० मा प्रेमी गौतम किचलूसँग बिबाह गरेकी काजोल आमा बन्न लागेको खबर बाहिर आएको छ । यस विषयमा काजल र उनका पति गौतमले भने केही बोलेका छैनन् ।

काजलले आफू गर्भवती भएको विषयमा केही नबोले पनि उनले दुई ठूला फिल्मको सुटिङ रोकेपछि उनी गर्भवती भएको हो कि भन्ने अनुमान लगाइएको छ । उनले तत्कालका लागि कुनै पनि नयाँ फिल्ममा सम्झौता गरेकी छैनन् ।

चाँडै आमा बन्न सक्ने भएकाले पनि उनले सुटिङको काम रोकेको परिवारका एक सदस्यले बताएको समाचार बािहर आएको छ ।काजोल लामो समय देखी सामाजिक सञ्जालबाट पनि टाढा रहेकी छन् । फिल्म ‘सिंघम’ मा अभिनय गरेपछि काजोलको चर्चा एकाएक चुलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर