एमसीसीको विषयमा स्पष्ट हुनको लागि प्रधानमन्त्री देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्नुपर्छ : लोहनी — OSNepal

एमसीसीको विषयमा स्पष्ट हुनको लागि प्रधानमन्त्री देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्नुपर्छ : लोहनी

LC (KTM) September 10, 2021 0

काठमाडौं २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा । प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने बताएका छन् । आज शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष लोहनीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानबारे स्पष्ट हुनुपर्ने भएकाले नेपाल सरकारले ‘लेटर अफ एक्सचेन्ज’ गर्नुपर्ने समेत सुझाव उनले दिएका छन् ।

नेपाल शक्ति राष्ट्रहरुको बीचमा रहेकोले विशेष सावधानी अपनाएर अघि बढ्नुपर्ने बताउँदै कार्यक्रममा भने, ‘एमसीसीमा भएका कतिपय अस्पष्ट बुँदाको बारेमा नेपालका सबै दलहरुबीच सरसल्ला गरेर साझा निश्कर्षमा पुग्नुपर्छ । यसको लागि नेपाल सरकार खासगरी प्रधानमन्त्रीले पहल लिनुपर्छ ।’

एमसीसीको विषयमा स्पष्ट हुनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने समेत बताएका छन् ।

‘चीन उदाउँदो महाशक्ति हो, उता अमेरिका स्थापित महाशक्ति हो । अहिले दुई देशबीच तनाव बढेर गएको छ । त्यो तनावको भूमरीमा नेपाल नपरोस भनेर नेपाल सतर्क हुनुपर्छ । संसद्ले एमसीसी पारित गर्यो भने भारतले पनि भोलि यस्तैखाले विकास सम्झौता संसद्बाट पारित गर्नुपर्छ भन्यो र चीनले पनि भन्यो भने के गर्नुहुन्छ ?’ कार्यक्रममा भने ।

‘भारत, चीन र अमेरिका तीनवटै राष्ट्र हाम्रा मित्रहरु छन् । एउटासित सम्झौता गर्दा अर्कोले भन्ने ठाउँ नहोस । अहिले एमसीसी सम्झौता परिवर्तन हुँदै भनेर अमेरिकी मन्त्रीले भनेको कुरा पनि हामीले सुनेका छौं, बास्तवमा ठूलो राष्ट्रले सम्झौता परिवर्तन गर्दैन् । नेपालले पनि अखबारबाट वार्ता गर्नुहुँदैन। अखबारबाट त पोजिसन राख्ने हो’ कार्यक्रममा उनले भने, ‘सम्झौतामा भएका कतिपय नमिल्दा कुरा हटाउनुपर्छ । यो काम गर्नको लागि म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि लेटर अफ एक्स्चेन्ज होस । एमसीसी यथास्थितिमा पािरत गर्न हुँदैन् । परिमार्जन गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर