विकासप्रेसी, सिर्जनशील र सकारात्मक सोच भएका कारण जित्छु भन्ने कुरामा विश्वस्त छु : कुश ढकाल — OSNepal

विकासप्रेसी, सिर्जनशील र सकारात्मक सोच भएका कारण जित्छु भन्ने कुरामा विश्वस्त छु : कुश ढकाल

LC (KTM) May 08, 2022 0

कबिता राय ,काठमाडौं २५ वैशाख। काठमाडौ महानगरपालिकाको वडा नं २९ मा यस पटक पनि वडा अध्यक्षका रुपमा नेपाली कांग्रेसका शुसासन र अनुशासनमा प्रतिबद्ध रहेका कुश ढकाल उम्मेदवार बनेका छन् ।

पुरानो अनुभवले सेवा लिन सजिलो भएको भन्दै कुश ढकालको विकल्प खोज्न नहुने भन्दै ढकालको जितको लागि स्थानीयवासी यति बेला घरदैलो कार्यक्रममा व्यस्त छन् । विकासप्रेसी, सिर्जशील र सकारात्मक सोच भएका ढकालले गएको आफ्नो पाँच वर्षे कार्यकालमा ढल सुधार , ब्लक ओछ्याउने काम ,ढलान गर्ने काम सम्पन्न गरिसकेका छन् ।

ढकालले ओएस नेपालकोसँगको कुराकानीमा गएको आफ्नो कार्यकालमा वडालाई ९० प्रतिशत बत्तीले उज्यालो बनाएको , जनतालाई चाँडो सेवा दिने प्रणालीको विकास गरेको पनि दावी गरेका छन् ।

अब पनि तपाईको उम्मेदवारी किन भन्ने प्रश्नमा ढकालले भने ‘आफुले अझै वडाको लागि गर्नु पर्ने धेरै योजना रहेका छन् । पुरै वडालाई वाइफाई जोन बनाउने, वेरोजगारलाई रोजगार दिने , घरका गृहणीलाई तालिम दिएर रोज गारी बनाउने , आगलागीबाट हुन सक्ने खतारको न्युनीकरण गर्ने , वडा पुरै परिवार मैत्री बनाउने सबै वडा वासीलाई मेरो होइन हाम्रो वडा भन्ने भावना विकास गराउने योजना रहेको छ । ‘

विगतमा लथालिंग र अव्यवस्थित रहेको वडालाई आफ्नो कार्यकालमा व्यवस्थित बनाएको दावी गरेका ढकालले वडामा सीसी टिभी जडान गर्ने तथा लत्त्रेका तारहरुलाई समेत व्यवस्थित गर्ने आफ्नो प्रतिवद्धता रहेको बताएका छन् ।

विगतमा पनि वडावासीको हितलाई ध्यानमा राखेरै काम गरेको बताएका उनले यस पटक आफ्नो वडालाई परिवार मैत्री बनाउने कुरामा थप जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर