साउथ सुपरस्टार प्रवासको नयाँ गीत ‘राधे श्याम’ ५ सय करोड दिँदा पनि ओटीटीलाई दिइएन, आखिर किन ? — OSNepal

साउथ सुपरस्टार प्रवासको नयाँ गीत ‘राधे श्याम’ ५ सय करोड दिँदा पनि ओटीटीलाई दिइएन, आखिर किन ?

LC (KTM) February 01, 2022 0

मुम्बई । अभिनेता प्रवासको नयाँ गीत ‘राधे श्याम’लाई डिजिटल प्लेटफर्म ओटीटीबाट रिलिज गर्न ५ सय करोड भारतीय रुपैयाँ दिइएको छ । यो फिल्म जनवरीमा रिलिज गर्ने भनिएको थियो । तर, भारतमा कोरोनाको महामारी बढेपछि यो फिल्मको रिलिज स्थगित गरिएको छ । ओटीटीबाट रिलिज गर्नका लागि ५ सय करोड रुपैयाँ दिइएकोमा निर्माण पक्षले अस्वीकार गरेको छ ।

यो फिल्मलाई निर्देशक राधाकृष्ण कुमारले डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने चाहना यसअघि देखाएका थिए । तर, अभिनेता प्रवासलगायतले हलमै फिल्म रिलिज गर्नुपर्छ भनेपछि भारतीय ५ सय करोड रुपैयाँ दिँदा पनि उनले यो फिल्म रिलिजको लागि दिएनन् ।

फिल्मलाई अहिले तेलुगु र हिन्दी भाषामा निर्माण गरिएको छ । अब यो फिल्ममा अन्य पाँच भाषामा पनि स्वरांकन गरिने भएको छ ।राजधानि दैनिकमा खबर छ । प्रवास र पूजा हेगडेको मुख्य भूमिका रहेको यो फिल्मलाई अब हलमा रिलिज गरेपछि मात्र आफूले ओटीटी प्लेटफर्मबाट रिलिज गर्ने निर्देशक राधाकृष्णले बताएका छन् ।

यता अभिनेता प्रवासका अनुसार उनले निकै आशा गरेको यो फिल्म हलमा दर्शकले हेर्नुपर्ने चाहना व्यक्त गरेका छन् । सोही कारण पनि ५ सय करोड रुपैयाँ दिँदा पनि फिल्मलाई ओटीटी प्लेटफर्मबाट रिलिज नगरिएको रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर