अज्ञात रोगका कारण पशु चौपाया धमाधम मर्न थाले, अज्ञात रोगले धमाधम पशु मर्न तालेपछि स्थानीय चिन्तित — OSNepal

अज्ञात रोगका कारण पशु चौपाया धमाधम मर्न थाले, अज्ञात रोगले धमाधम पशु मर्न तालेपछि स्थानीय चिन्तित

LC (KTM) January 13, 2022 0

सिन्धुपाल्चोक, २९ पुस -चौतारा सागाचोगढी नगरपालिका वडा नम्बर २ बतासेमा फैलिएको अज्ञात रोगले धमाधम पशुचौपाया मर्न थालेका छन् । एक सातादेखि फैलिएको सो रोगको संक्रमणबाट दर्जनभन्दा बढी चौपाया मरिसकेका छन् भने कतिपय चौपाया रोगले थला परेका स्थानीय बताउँछन् ।

‘एक सातादेखि चौपायामा रोग देखिएको छ,’ स्थानीय कृष्णबहादुर थापाले भने, ‘चौपायाको मुखबाट र्‍याल आउने, काप्ने, छटपटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, मुखमा घाउ हुने, र झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेका छन् । मर्ने क्रम रोकिएको छैन । गाउँभरिका अधिकांश चौपायामा संक्रमण फैलिएको छ ।’ रोगका कारण गाई, गोरु, भैँसी, बाख्रालगायत पशुचौपायाको मृत्यु भएको छ ।

तत्काल रोग पत्ता लगाएर उपचारतर्फ गम्भीरता देखाउन स्थानीय पशुपालकले आग्रहसमेत गरेका थिए । मरेका पशु चौपाया यही रोगका कारण मरेका हुन् या अन्य कारणले भन्नेबारे अहिले थाहा भई नसकेको र खोरेत लागेको हुनसक्ने पशुपालक किसानको अनुमान छ ।

पशु चौपाया मर्ने र बिरामी भएको भन्ने खबर आएलगत्तै सो रोग नियन्त्रणका लागि स्वास्थ्य टोली शुक्रवार पठाउने तयारी गरेको नगरपालिकाले जनाएको छ । अज्ञात रोगले धमाधम पशु मर्न तालेपछि स्थानीय चिन्तित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर