अत्यान्तै दुखद खबर,धरानमा घरमाथिबाट पहिरो खस्दा खेलिरहेका एकै घरका आठ बर्षीया निसु र चार बर्षीय निहानको मृत्यु — OSNepal

अत्यान्तै दुखद खबर,धरानमा घरमाथिबाट पहिरो खस्दा खेलिरहेका एकै घरका आठ बर्षीया निसु र चार बर्षीय निहानको मृत्यु

LC (KTM) October 19, 2021 0

सोमबारदेखि अविरल परेको बर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी आठ बर्षीया निसु राई र चार बर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मङ्गलबार दिउँसो १ः४५ बजे घरमाथिबाट पहिरो खस्दा निसान राईको टिनको छाना भएको एक तले घर पुरिएको छ । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । पुरिएको सो घरबाट प्रहरीले दिउसो साढे ३ बजे दुई बच्चाको शव निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर