अदालतबाट २० लाख जरिवाना भएपछि फरार रहेका तनहुँकी शोभा समातिइन — OSNepal

अदालतबाट २० लाख जरिवाना भएपछि फरार रहेका तनहुँकी शोभा समातिइन

LC (KTM) November 26, 2021 0

नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका तनहुँ भानु नगरपालिका–१३ की शोभा गुरुङलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विस २०७७ असार १ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु बीस लाख जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकी गुरुङले आफ्नो एनआईसी एशिया बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । गुरुङलाई आजै जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर