अदालत प्राङ्गणमा प्रहरी र वकिलबीच घम्साघम्सी, चार जना पक्राउ — OSNepal

अदालत प्राङ्गणमा प्रहरी र वकिलबीच घम्साघम्सी, चार जना पक्राउ

LC (KTM) November 15, 2021 0

काठमाडौं, २९ कात्तिक-सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो ।

जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ । आन्दोलित कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि धकेलाधकेल भएको हो ।

बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताए । सर्वाेच्च गेटबाट चार जना पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर