अध्यादेशका कारण नेपाली कांंग्रेसमा विभाजनको अवस्था आउन सक्ने भन्दै पौडेलले भने, देउवा सरकार ओलीकै प्रवृत्तिको निरन्तरता हो — OSNepal

अध्यादेशका कारण नेपाली कांंग्रेसमा विभाजनको अवस्था आउन सक्ने भन्दै पौडेलले भने, देउवा सरकार ओलीकै प्रवृत्तिको निरन्तरता हो

LC (KTM) August 22, 2021 0

काठमाडौं भदौ ६ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको चौधौं महाधिवेशन पुस्ता हस्तान्तरणका लागि कोसेढुंगा हुने बताएका छन् । आज बिहान एक कार्यक्रममा सहभागी भएका नेता पौडलले यस्तो खुलासा गरेका हुन् ।

‘कांग्रेसमा पुस्ता हस्तान्तरणका लागि चौधौं महाधिवेशन कोसेढुंगा हुन्छ । मुख्य नेतृत्वमा यसै भन्न सक्दिनँ । बाँकी पदाधिकारी र केन्द्रीय कार्यसमितिमा धेरैजसो तेस्रो पुस्ता या युवा भनिने नयाँ अनुहार आउँछ । तर केन्द्रीय कार्यसमितिमा नआईकन एकैचोटि पदाधिकारीमा आउने भनेको चाहिँ होइन ।’कार्यक्रममा उनले भने ।

कार्यक्रममा पौडेलले क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन आज सभापति शेरबहादुर देउवालाई बुझाइने र निर्वाचन निर्देशिका छाप्न गइसकेकाले महाधिवेशनको टुंगो लाग्ने पनि जनाएका छन् । उनले मन्त्रिपरिषद् विस्तार नहुनुको अपजस देउवालाई नै जाने बताएका उनले सरकारले पुर्णता नपाउनुमा माधव नेपाल समुहको नयाँ पार्टीको सनाखत हुन नसकेर भएको जनाएका छन् ।

‘आन्तरिक कारण बुझ्दा माधव नेपालको दलका कारण विस्तार हुन नसकेको हो । पौडेलले अघि भनेका छन् , तर हामीले मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई सुझाव दिइरहेका छौं । सरकारको प्रभावकारिता निर्वाचनसँग पनि जोडिएको छ । निर्वाचनमा क्षति बढ्ने र निराशा ल्याउने स्थिति आउनु हुँदैन ।’

उनले केपी ओलीले ल्याउँदा गलत हुने अध्यादेश देउवाले ल्याउँदा कसरी ठीक भयो भन्दै सत्ता ओली प्रवृतिको निरन्तरता भएको समेत बताएका छन् । ‘दल विभाजनसम्बन्धी अध्यादेश केपीले ल्याउँदा बेठीक, देउवाले गर्दा कसरी ठीक हुन्छ ? सत्ता नै प्रधान बनाउनु गलत हो । यो केपी ओलीकै प्रवृत्तिको निरन्तरता हो । संविधान बनाउने नेताहरु नै किन यस्तो चाहिरहनुभएको छ ? हामीलाई थाहा छ, अध्यादेश गठबन्धनको दबाबका कारण आयो । तर ओलीलाई अध्यादेशको विरोध गर्ने नैतिकता छैन ।’

अध्यादेशका कारण नेपाली कांंग्रेस मै पनि विभाजनको अवस्था नआउनला भन्न सकिन्न उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर