अनलाईन मार्फत् ठगी गरेको अभियोग गैरीधाराबाट १९ लाख ६० हजार रुपैयाँ सहित २३ वर्षीय विकाश गुरुङ पक्राउ — OSNepal

अनलाईन मार्फत् ठगी गरेको अभियोग गैरीधाराबाट १९ लाख ६० हजार रुपैयाँ सहित २३ वर्षीय विकाश गुरुङ पक्राउ

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । अनलाईन मार्फत् ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नेपालटार बस्ने रुकुम रन्मामैमकोट गाउँपालिका-३ वतन भएका २३ वर्षीय विकाश गुरुङ रहेका छन् ।

निजलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो गैरीधाराबाट नगद १९ लाख ६० हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।

विकाशले वाटस्एप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिठ्ठा परेको, विदेशबाट सामानरपार्सल आएको भन्दै उक्त सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने भनी झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेको सुचनाको आधारमा निजालई पक्राउ गरिएको हो ।

पक्राउ परेका निजालाई थप अनुशन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर