अनिल कपुरकी छोरी ज्वाँइलाई नै कोरोना संक्रमण , बिभिन्न अनलाईन साइट संग आक्रोशित हुदै लेखिन् यस्तो स्टाटस — OSNepal

अनिल कपुरकी छोरी ज्वाँइलाई नै कोरोना संक्रमण , बिभिन्न अनलाईन साइट संग आक्रोशित हुदै लेखिन् यस्तो स्टाटस

LC (KTM) December 29, 2021 0

अनिल कपुरकी छोरी तथा सोनम कपुरकी बहिनी रिया कपुर र उनका श्रीमान् करण बुलानीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो पटक कोरोनालाई चकित पारेकी रिया यसपटक बच्न सकेकी छैनन् । रियाले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै कोरोना पोजिटिभ भएको जानकारी दिएकी हुन् । यससँगै उनले आफ्नो कोरोना पोजेटिभ भएको खबरप्रति असन्तुष्टि जनाएकि छिन् ।

उनले लेखेकि छिन्– धेरै सावधानी अपनाएर पनि म कोरोना पोजेटिभ भएँ । तर यो महामारीको प्रकृति हो। थाहा छैन किन मेरो वा अरू कसैको व्यक्तिगत स्वास्थ्य जानकारी समाचार वा गफ हो। यो जानकारी सरकार र चिकित्सा विभागको लागि मात्र हुनुपर्छ र गपशप साइटहरूमा होइन। कसैको गोपनीयतामा आक्रमण गर्नु झनै अनौठो कुरा हो।

म र मेरो श्रीमान् आइसोलेसनमा छौं र सबै निर्धारित औषधि र सावधानीहरू लिइरहेका छौं। हामीले हिजो राती पहिलो पटक फ्रोजन हेर्यौं। त्यो राम्रो थियो। बहिनीको धेरै याद आईरहेको छ । उनि आफ्नो इन्ष्टामा थप लेख्दै भन्छिन्– चकलेट बाहेक, सबै कुराको स्वाद खराब छ, मलाई टाउको दुखेको छ र अझै पनि म कृतज्ञ छु कि मैले यसलाई हटाउने आफ्नै तरिका पत्ता लगाए र हामी चाँडै ठीक हुनेछौं। हाम्रो चिन्ता गर्नेहरूलाई भन्न चाहन्छु, हाम्रो स्वास्थ्य त्यति खराब छैन, जाँचको लागि धन्यवाद, सबैलाई माया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर