अन्तत: यो मितीमा रिलिज हुने भयो प्रदीप र कृष्टिना अभिनित फिल्म‘प्रेमगीत ३’ — OSNepal

अन्तत: यो मितीमा रिलिज हुने भयो प्रदीप र कृष्टिना अभिनित फिल्म‘प्रेमगीत ३’

LC (KTM) November 25, 2021 0

काठमाडौं -चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको छ । दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर रिलिज हुन नपाएको चलचित्र ‘प्रेमगीत ३’ले पनि नयाँ प्रदर्शन मिति तय गरेको हो ।

यो चलचित्र फागुन १३ गतेबाट देशभर रिलिज हुने निर्माता सन्तोष सेनले बताए । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

यो चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ले राम्रो व्यापार हुने विश्वास गरिएको छ ।प्रेमगीत’का अघिल्ला दुई सिरिजले पनि अत्यन्तै राम्रो व्यापार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर