अपराजित रहदै मनाङ ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा — OSNepal

अपराजित रहदै मनाङ ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा

LC (KTM) November 27, 2021 0

मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा अपराजित रहदै मनाङ शीर्ष स्थानमा पुगेको हो । आज सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै मनाङले लगातार दोस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन आफिज ओलावालेले निर्णायक गोल गरेका थिए । खेलको ५६ औं मिनेटमा मनाङको लागि विमल रानाले गोल गरे पनि त्यसले मान्यता पाउन सकेको थिएन । खेलको ८४ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङलाई एक शुन्यको जित दिलाएका थिए ।

आजको यो जितसँगै कीर्तिमानी आठ पटकको विजेता मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले २ खेलमा ६ अंक जोडेको छ । खेलको म्यान अफ दि म्याच मनाङका पुजन उपरकोटी चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर