अफगानिस्तानमा मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यकः राष्ट्रसंघ — OSNepal

अफगानिस्तानमा मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यकः राष्ट्रसंघ

LC (KTM) January 11, 2022 0

न्युयोर्क, २७ पुस-अफगानिस्तानलाई मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ । पाँच अर्ब डलरमध्ये चार अर्ब अफगानिस्तान भित्रका अफगानी र बाँकी रकम देशको सीमाबाहिर बसोबास गर्नेका लागि उपलब्ध गराइनेछ ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानभित्रका २ करोड २० लाख मानिसहरु र देशबाहिर विभिन्न देशमा रहेका ५७ लाख विस्थापित अफगानीलाई राहत अपरिहार्य आवश्यक छ ।

‘अफगानिस्तानमा चौतर्फी मानवीय संकट छ । मेरो याे सन्देश छ कि अफगानी मानिसहरुका लागि ढोका बन्द नगर्नूहोस,’ राष्ट्रसंघका सहायता प्रमुख मार्टिन गिरिफ्थले भने । बढ्दो भोक, रोक, कुपोषण र असामयिक मृत्यु रोग्न सहयोग गर्न पनि उनले आह्वान गरे ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट बढ्दो छ । मूल्य बृद्धि बढिरहेको छ भने बरोजगार दर उच्च छ ।सन् २०२१ मा अफगानिस्तानमा अहिलेसम्मकै खराब खडेरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर