अबको १ वर्षमा नेपालको मूल्यवृद्धि दोब्बर — OSNepal

अबको १ वर्षमा नेपालको मूल्यवृद्धि दोब्बर

LC (KTM) November 22, 2021 0

काठमाडौं । अबको १ वर्षमा नेपालको मूल्यवृद्धि ९मुद्रास्फीति० दोहोरो अंकमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले यस्तो देखाएको हो । राष्ट्र बैंकको उक्त सर्वेक्षणको प्रतिवेदन आइतवार सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदनले अबको १ वर्षमा मिन औसत मूल्यवृद्धि १० दशमलव ३ प्रतिशत पुग्ने अपेक्षा गरेको देखिएको छ । यसैगरी मिडियन औसत मूल्यवृद्धि भने ९ प्रतिशत पुग्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

आगामी ३ महीनामा नेपालको मिन ९औसत० मूल्यवृद्धि भने ९ दशमलव ६ प्रतिशत पुग्ने अपेक्षा छ । सोही अवधिमा मिडियन मूल्यवृद्धि भने ८ प्रतिशत पुग्ने अपेक्षा गरेको सर्वेक्षणले देखाएको छ ।आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

सर्वेक्षणले अवको ३ महिनामा अर्थात् चालू आवको दोस्रो त्रैमासमा मूल्यवृद्धि त्यस बराबर पुग्ने देखाएको हो । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख तथा कायकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले सर्वेक्षणमा जनताले मूल्यवृद्धिको अपेक्षा गरेको बताए ।

बजारका ग्राहकहरूले दिएको जवाफको आधारमा यस्तो मूल्यवृद्धिको अपेक्षा गरेको देखिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर