अभिनेत्री अनुष्का शर्माको हातमा फिल्म नै फिल्म — OSNepal

अभिनेत्री अनुष्का शर्माको हातमा फिल्म नै फिल्म

LC (KTM) January 02, 2022 0

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन् । उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन् । जुन फिल्म फ्लप साबित भएको थियो । यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन् । जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी ।

उनी निकट स्रोतका अनुसार उनी ठूला बजेटका दुई फिल्म र ठूलै बजेटको ओटीटी प्रोजेक्टमा देखिँदैछिन् । यी प्रोजेक्टको घोषणा नयाँ वर्ष २०२२ को सुरुवाती समयमा गरिनेछ । उनका तीनवटा प्रोजेक्टको नाम हालसम्म गोप्य नै राखिएको छ ।राजधानि दैनिकमा खबर छ ।

उनको फिल्म ‘जीरो’ फ्लप भए पनि उनी ‘सुल्तान’, ‘पीके’ र ‘सञ्जु’ जस्ता महंगा बजेटको फिल्मको हिस्सा बनिसकेकी छन् । उनी भारतीय क्रिकेटर झूलन गोस्वामीको बायोपिकमा पनि अभिनय गर्ने चर्चा चले पनि उनले यो कुरालाई अस्वीकार गरेकी छन् ।
यो पनि : पढ्नुहोस् गर्भवतीको हवाई उद्धार-डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ । ।

काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५÷७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २४ गर्भवतीको उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर