अभिनेत्री काजल अग्रवालको बाहिर आयो खुशीको खबर — OSNepal

अभिनेत्री काजल अग्रवालको बाहिर आयो खुशीको खबर

LC (KTM) November 23, 2021 0

अभिनेत्री काजल अग्रवाल सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरु संग जोडिई नै रहने गरेकी हुन्छिन् । उनले फ्यानहरुलाई आफ्नो पर्सनल तथा प्रोफेश्नल जिवनका कुराहरु शेयर गरि रहन्छिन् । उनका बिषयमा अहले नयाँ कुरा आएको छ ।

बिबाह पछि धेरै लामो समय सम्म फिल्म बाट ब्रेक लिएर फेरी सक्रिय रुपमा फिल्ममै काम गरिरहेकी उनले फेरी फिल्म नखेल्ने अवस्था आएको छ । यसको कारण भनेको उनी अहिले गर्भवती भएकी छिन् । अब उनले फेरी ब्रेक लिने भएकी छिन् ।

यस्तो सम्मकी अब उनी नागार्जुनको फिल्म घोष्टमा पनि नदेखीने भएकी छिन् । उनले २०२० मा बिजनेसम्यान गौतम किभचलु संग बिबाह गरेकी थिईन् । अब उनी गर्भवती भएपछि उनले खेल्न लागेको फिल्म घोष्टमा अर्की हिरोईन् ज्याकलीना फर्नाण्डीज लाई अप्रोच गरिएको छ ।

अहिले सम्म आधिकारीक घोषणा भने हुन बाँकि नै रहेको छ । काजलले आफु गर्भवती भएको थाहा पाए संगै अहिले काम गरिरहेको प्रोजेक्ट चाँडै सकेर बस्ने तयारी गरेकी छिन् । उनी हिन्दी चलचित्र उमामा पनि अनुबन्धित रहेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर