अभिनेत्री कैटरिना कैफको बिबाहको लागि सुरक्षा ब्यवस्थापन र खानाको तयारी सुरु — OSNepal

अभिनेत्री कैटरिना कैफको बिबाहको लागि सुरक्षा ब्यवस्थापन र खानाको तयारी सुरु

LC (KTM) November 28, 2021 0

यतिबेला बलिउड नायक बिक्की कौशल र कैट्रिना कैफको बिबाहको तयारी एकदमै तिब्र रुपमा अघि बढाइएको छ । यहा सम्मको तयारी गरिएको छ कि बिबाहको लागि आतिसबाजीको रिहर्सल समेत भएको छ । बिबाहका लागि अलग अलग इभेन्ट कम्पनिले आ आफ्नै ढंगबाट काम गरिरहेका छन् । उनीहरुले आफुले पाएको कामको अन्तिम रिहर्सल गरिरहेका छन् ।

कार्यक्रम पुरै गोप्य राख्नको लागि बिहिबार राती डेकोरेशन टीमले होटलमा आतिशबाजी तथा अन्य चिजहरुको रिहर्सल गरेको थियो । बिबाहलाई लिएर सुरक्षा ब्यवस्थापन देखी खानाको तयारी समेत मजबुत बनाईएको छ । यो बिबाह राजस्थानको सवाई माधोपुरमा हुने छ । त्यहाको चोथका बरवाडामा रहेको सिक्स सेंस फोर्ट रिर्साेटमा कैट्रिना तथा बिक्कीे बिबाह बन्धनमा बाँधिन लागेका हुन् ।

बिबाह डिसेम्बर ७ देखी ९ सम्म चल्ने बताइएको छ । आज बिहान साढे ९ बजे होटलमा अलग अलग इभेन्ट कम्पनिको गोप्य बैठक बसेको थियो । बरवाडामा रहेको ७ सय बर्ष पुरानो गढमा बनेको होटलमा बिक्की कौशलको बिबाह ३ दिन सम्म चल्ने बताइएको छ । बुकिंग पक्का भए संगै तयारी तिब्र रुपमा थालिएको छ । तर कैट्रिना तथा बिक्कीले बिबाहको बारेमा अहिले सम्म कुनै औपचारिक घोषणा गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर