अभिनेत्री नोरा फतेहीले खेलेको म्युजिक भिडयो 'डान्स मेरी रानी' चर्चामा — OSNepal

अभिनेत्री नोरा फतेहीले खेलेको म्युजिक भिडयो ‘डान्स मेरी रानी’ चर्चामा

LC (KTM) December 26, 2021 0

बलिउड अभिनेत्री नोरा फतेही अहिलेकी डान्सकी क्विन नै भने पनि फरक नपर्ला । उनै नोरा फतेहीको हालै सार्वजनिक एउटा म्युजिक भिडयो सार्वजनिक भएको छ ।

सार्वजनिक म्युजिक भिडियो डान्स मेरी रानी एकदमै चर्चामा छ । यो गीतमा नोराले तीन फरक पहिरन लगाएकी छिन् । सबै एक अर्का भन्दा फरक र धेरै स्टाइलिश रहेका छन्।

नोराले स्क्रिनमा निकै ग्रेससाथ बोकेकी भए पनि वास्तविकता भने यसको उल्टो रहेको छ । नोराले आफ्नो युट्युब च्यानलमा सुटिङको बीटीएस भिडियो सेयर गरेकी छिन् । उनले सुटिङको हरेक पल सेयर गरेकी छिन्, जसमा नोराले आफ्नो भारी पहिरनका कारण घाइते भएको बताएकी छिन् ।

सुटिङको यो १६ मिनेट लामो भिडियोमा नोराले आफ्नो रिहर्सलदेखि लिएर मेकअप, भेषभूषा र हेयरस्टाइलका क्लिपहरु फ्यानहरु माझ सेयर गरेकी छिन् ।

आफ्नो अफ्रिकी नृत्य शैलीको बारेमा उनले यो भिडियोमा बताएकी छिन् । बालुवामा नाच्न कठिनाइ र सुटिङ लोकेशनको बदलिँदो मौसमलाई उल्लेख गरिएको छ। बिहान धेरै गर्मी थियो र बेलुका चिसो थियो। गीतको एक दृश्यमा नोराले खुट्टामा घुंगरु बाँधेकी छिन् जसका कारण उनको खुट्टामा चोट समेत लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर