अभिनेत्री रेखाका कारण अविवाहित नै रहे सलमान खान, कुनै समय थिए गहिरो प्रेममा — OSNepal

अभिनेत्री रेखाका कारण अविवाहित नै रहे सलमान खान, कुनै समय थिए गहिरो प्रेममा

LC (KTM) December 28, 2021 0

मुम्बई । बलिउडका भाइजान अर्थात् सलमान खान सोमबार ५६औं जन्मदिन मनाए जन्मदिनको एक दिनअघि उनलाई सर्पले टोकेको थियो । तर अहिले उनको अवस्था ठिक छ र डिस्चार्ज भएर घर फर्किसकेका छन् ।सलमान भन्नासाथ उनको विवाह कहिले हुने भन्ने चासो जोकोहीको रहन्छ । तर सलमानका अनुसार उनी एक अभिनेत्रीका कारण जीवनभर अविवाहित नै रहे । ती अभिनेत्री हुन्, रेखा ।

सलमानले एकपटक आफूले विवाह गर्न नचाहेको कारणको खुलासा गरेका थिए । यो खुलासा उनले सन् २०१४ मा ‘बिग बोस’को सेटमा गरेका थिए । जुन समयमा रेखा आफ्नो फिल्म ‘सुपर नानी’को प्रमोसनका लागि पुगेकी थिइन् ।‘टिनएजमा म रेखाबाट धेरै प्रभावित थिएँ । त्यो समयमा रेखा र हामी छिमेकी थियौं । म रेखालाई मर्निङ वाकमा जाँदै गरेको हेर्नलाई बिहान साढे ५ बजे उठ्ने गर्थें ।

रेखाकै चक्करमा म योग कक्षा भर्ना पनि भएँ’, सलमानले भनेका छन् ।राजधानि दैनिकमा खबर छ ।सलमानका अनुसार योग कक्षामा रेखा नियमित योग सिकाउँथिन् । जहाँ सलमानका साथीहरु पुग्थे । रेखाका अनुसार सलमानले आफ्नो घरमा आफू ठूलो भएपछि रेखासँग विवाह गर्ने प्रस्ताव गरेका थिए । ‘सायद यही कारण मेरो विवाह हुन सकेन’, सलमान भन्छन् । सलमानको कुरा सकिन नपाउँदै रेखाले पनि ‘सायद आफ्नो पनि यही कारणले नभएको हो कि’ भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर