अमिताभ बच्चनको केबिसी बिबादमा , प्रोमो नै रातारात हटाईयो — OSNepal

अमिताभ बच्चनको केबिसी बिबादमा , प्रोमो नै रातारात हटाईयो

LC (KTM) November 30, 2021 0

कौन बनेगा करोडपतिमा मिड ब्रेन एक्टिभेसनमा आउनेवाला एपिसोडलाई लिएर च्यानलको आधिकारिक वेबसाइटमा एक प्रोमो जारि गरिएको थियो । यस प्रोमोमा अमिताभ बच्चन ब्लाइन्डफोल्ड गरेकी एक केटिको सामु उभिएको देख्न सकिन्छ । उक्त केटी आफु किताब केवल सँुगेको भरमा पढ्न सक्ने दाबी गर्छिन् ।

यस प्रोमोलाई हेरे पछि फेडरेसन अफ इण्डियन रेसोनालिस्ट एशोसिएसनका प्रेसिडेण्ट नरेन्द्र नायकले च्यानललाई अड्रेस गर्दै खुल्ला पत्र लेखेका छन् । उक्त खुल्ला पत्रमा लेखिएको छ कि मिड ब्रेन एक्टिभेसनको प्रयोग अभिभावकलाई बेवकुफ बनाउनको लागि गरिन्छ ।

यस्तो चिजलाई राष्ट्रिय टेलिभिजनमा इन्करेज गर्नाले पुरै देशको मज्जाक बन्न सक्ने तर्फ सचेत गराएको छ । यो खुःल्ला पत्र भाइरल भएपछि च्यानलले यस स्पेसिफिक हिस्सालाई आफ्नो एपिसोड बाट हटाई दिएको छ । सुँघेर किताब पढ्ने कुरा बिभिन्न प्लाटफर्ममा कैयौ बैज्ञानिकले यस अबैज्ञानिक प्राक्टिस बताई सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर