अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन कोरोनाका कारण निधन — OSNepal

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन कोरोनाका कारण निधन

LC (KTM) October 18, 2021 0

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको आज निधन भएको छ । उनको निधन कोरोनाका कारण भएको पारिवारिक स्रोतले जनाएको छ।उनको आज ८४ वर्षको उमेरमा निधन भएको हो । परिवारले पावेलको निधन कोरोनासम्बन्धी जटिलताका कारण भएको उल्लेख गरेको छ। उनले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाए पनि मृत्यु भएको पावेलको परिवारले जानकारी दिएको छ। पावेल रिपब्लिकन दलसँग आबद्ध रहेका थिए ।

पावेल विदेशमन्त्री हुनुअघि अमेरिकाको सेनापतिसमेत चलाई सकेका ब्यक्ति रहेको । रहेका थिए। उनी अमेरिकाको सेनापति र विदेशमन्त्री हुने पहिलो अश्वेत व्यक्ति हुन्। उनी सन् २००० मा राष्ट्रपति जर्ज वासिङटन बुसका पालामा अमेरिकाको विदेशमन्त्री नियुक्त भएका थिए। उनको निधन प्रति नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले समेत गहिरो दुःख ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर