अमेरिकामा ‘थेत्लङ’ को विशेष शो सम्पन्न — OSNepal

अमेरिकामा ‘थेत्लङ’ को विशेष शो सम्पन्न

LC (KTM) November 16, 2021 0

काठमाडौ ३० कात्तिक । अहिलेसम्म सिक्किमको सबै स्थानमा, काठमाडांै, पाँचथर, ईलाम, धरानमा शफल प्रदर्शन भैसकेको लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ को अमेरिकाको न्युयोर्क स्थित ज्याक्सनहाईटको ग्याल्सुंङ्दो हलमा सोमबार उल्लेखनिय दर्शकहरुको बीचमा शफलतापुर्वक बिशेष शो प्रदर्शन सम्पन्न भएको छ ।

सिक्किमका स्थापित लिम्बू साहित्यकार देउमान होन्दोक लिम्बुद्वारा लिखित उपन्यासमा आधारित लिम्बू लिपि र भाषामा लिखित पुस्तकलाई यस चलचित्रका प्रस्तुतकर्ता मनि ताम्लिङको सहयोगमा सागर केरुङले पटकथा संवाद तयार गरेका हुन । ओपेरा डिजिटल प्रालिको व्यानरमा निर्मित ‘थेत्लङ’ मा मनि ताम्लिङ र विराज लिम्बुको लगानी रहेको छ ।

चलचित्रलाई दर्शकहरुले रुचाइएको कारण ‘थेत्लङ’ निर्देशक किशोर सुब्बाका अनुसार क्रमशः अब क्यालिफोर्निया, टेक्सास, ओहायु लगायत क्यानाडा, अष्ट्रेलिया, जापान, कोरिया, वेलायत, मलेसिया, हङकङ आदि देशमा प्रदर्शन हुनेछ ।
चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

मनि ताम्लिङ र बिराज लिम्बु निर्माता रहेको चलचित्र ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा दिनेश लिम्बुको नृत्य, हेमन्त योञ्जनको छायांकन, देउमान होन्दोक लिम्बुको कथा र सागर केरुङको पटकथा र सम्वाद रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर