अमेरिकामा २४ घण्टामा २ हजार उडान रद्द — OSNepal

अमेरिकामा २४ घण्टामा २ हजार उडान रद्द

LC (KTM) January 03, 2022 0

वासिङ्टन, अमेरिका १९ पुस- संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन्। आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले जानकारी दिएको छ ।

द हिलका अनुसार, साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान रद्द गरेको जनाएको छ । अमेरिकन एयरलाइन्सले आज १३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ ।आइतवार र क्रिसमसको पूर्वसन्ध्या लगायत विगत १० दिनहरूमा, एयरलाइन्सहरुले अमेरिकामा १४ हजार भन्दा बढी उडानहरू रद्द गरेका छन् फ्लाइटअवेयर तथ्याङ्कले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर