अमेरिकी सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री देउवालाई भेट्ने — OSNepal

अमेरिकी सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री देउवालाई भेट्ने

LC (KTM) November 18, 2021 0

काठमाडौं, २ मंसिर-नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु आज बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु बुधबार साँझ मात्र काठमाडौं आएका थिए ।

आज प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । उपसहायकमन्त्री केली केइन्डरलिङ आज बिहीबार आइपुग्दै छिन् ।

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण भएकाे हाे । कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर