अमेरिकी सैनिक अधिकारी भन्छन्–चीनले अमेरिकामाथि जुनसुकै बेला आणविक हमला गर्छ — OSNepal

अमेरिकी सैनिक अधिकारी भन्छन्–चीनले अमेरिकामाथि जुनसुकै बेला आणविक हमला गर्छ

LC (KTM) November 18, 2021 0

बेइजिङ, २ मंसिर-चीनले केही महिना अगाडि गरेको हाइपरसोनिक मिसाईल परीक्षण संसारभर पुगेको बताउँदै अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले चीनले अमेरिकामा कुनै दिन अकस्मात आणविक हमला गर्न सक्ने चेतावनी दिएका छन् ।

अमेरिकी सेनाका उपप्रमुख जनरल जोन हाटेनले भने, ‘केही महिना अगाडि चीनको हाइपरसोनिक मिसाईल विश्वभर पुगेर हाइपरसोनिक ग्लाइड मिसाईल खसाल्यो, जुन पुनः चीनमै फर्कियो । उसले कुनै पनि बेला अमेरिकालाई निशाना बनाउन सक्छ ।’ चीनले आश्चर्यजनक ढंगले आणविक हतियार विकसित गरेको भन्दै उनले कुनै दिन चीनले अमेरिकालाई हमला गर्न सक्ने बताए ।

‘अत्याधुनिक क्षमताका यस्ता हतियार चीनले किन बनाइरहेको छ ?’ अमेरिकी टेलिभिजन च्यानल सीबीएसँगको एक अन्तर्वार्तामा उनले भने, ‘ चीनले बिकसित गरेका हतियार नयाँ हुन भन्ने मलाई लाग्छ । ’

ताइवानबारे चीनको विवाद बढिरहेका बेला चीनले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो । सुरुमा गोप्य राखेको बताइएको सो परीक्षणबारे उसले गत महिना पहिलो पटक मुख खोलेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा चीनले तीब्र गतिमा आणविक हतियार बिकसित गरेको र एक दशकभित्र यो संख्या १ हजार पुग्ने उल्लेख छ । अमेरिकासँग अहिले तीन हजार ७५० आणविक हतियार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर