अरुण तेस्रो आयोजना ट्रान्समिसन लाइनको मुआब्जा माग सरोकार समिति गठन — OSNepal

अरुण तेस्रो आयोजना ट्रान्समिसन लाइनको मुआब्जा माग सरोकार समिति गठन

LC (KTM) January 06, 2022 0

संखुवासभा, २२ पुस-संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ट्रान्समिसन लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको छ ।अरुण तेस्रो जलविद्युत् आयोजनाअन्तर्गत ४०० केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै अरुण सरोकार समिति गठन भएको हो ।

ट्रान्समिसन लाइन संखुवासभाको चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट सुरु भई डाँडागाँउ, आहाले, छ्याङकुटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, पिप्ले रयले बेंशी हुँदै भोजपुरको षडान्नद नगपालिकाबाट जाने सतलज कम्पनीले जनाएको छ ।
अरुण तेस्रो आयोजनाका लागि संखुवासभामा ४३ वटा ट्रान्समिसन लाइन रहने छन् ।

खाँदबारी नगरपालिका–३ स्थानीयहरुको भेलाले अध्यक्षमा किशोरकुमार गुरुङको अध्यक्षतामा ३९ सदस्यीय ट्रान्समिसन लाइन मुआब्जा सरोकार समिति गठन गरेको छ । ट्रान्समिसन लाइन चिचिला गाउँपालिका १, २ र ३ हँदै खाँदबारी नगरपालिका ४, ३, २ र १ र ८ नम्बर वडा हुँदै भोजपुर लगिने छ ।

ट्रान्समिसन लाइनले आठवटा वडाभित्रका करिब ५९४ घरधुरीको जग्गा अधिग्रहण गर्नेछ । जग्जाधनीहरुलाई मुआब्जावापत उचित क्षतिपूर्ति दिनुपर्ने भेलाको माग छ । अरुण तेस्रोले अहिले ट्रान्समिसन लाइन टावरले करिब ४६ मिटर जग्गा टावरले कभर गर्छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणको कार्य धमाधम भइरहेको छ । ट्रान्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा हुँदै मोहत्तरी हुदै भारत पुग्ने सतलज कम्पनीले जनाएको छ ।

संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा–५ नुमको फ्याक्सीन्दामा ड्याम साइड निमार्ण भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामा निर्माण भइरहेको छ । अरुण तेस्रो आयोजनाको क्षेत्रभित्र पर्ने घर तथा जग्गा अधिग्रहणका काम सकिएको जानकारी दिइएको छ । संखुवासभा जिल्लामा दुई अर्ब भन्दामाथि रकम मुआब्जा बाँडिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर