अवैध लागूऔषध ब्राउनसुगर सहित सात जना पक्राउ — OSNepal

अवैध लागूऔषध ब्राउनसुगर सहित सात जना पक्राउ

LC (KTM) November 26, 2021 0

झापा १० मंसिर । अवैध लागुऔषध सहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-७ टेलीभित्ता बस्ने १९ वर्षीय नारायण राजबंशी, सोही नगरपालिका-७ बोक्तोबारी बस्ने २२ वर्षीय प्रकाश राजबंशी, सोही नगरपालिका-६ संगमटोल बस्ने २० वर्षीय राहुल ठाकुर, सोही नगरपालिका-५ बस्ने २१ वर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका-८ सैनिकटोल बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ कसेनिटोल बस्ने ३१ वर्षीय प्रताप योन्जन र अर्जुनधारा नगरपालिका-१ बस्ने २८ वर्षीय राज श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट भद्रपुर नगरपालिका-७ बोक्तोवारीबाट ४ ग्राम ६ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, १ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट, १ थान डिजिटल तराजु र २ थान मोटरसाइकल समेत पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले बिहिबार दिउँसो उनीहरुको जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर