असोज ४ गतेदेखि दैनिक चार घण्टा मात्रै विद्यालय खोल्ने निर्णय — OSNepal

असोज ४ गतेदेखि दैनिक चार घण्टा मात्रै विद्यालय खोल्ने निर्णय

LC (KTM) September 15, 2021 0

गलुङ नगरपालिकाले आगामी असोज ४ गतेदेखि नगरपालिका भित्रका विद्यालय खुलाउने भएको छ । पूर्ण जनस्वास्थ्यका मापदण्डको पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखाप्रमुख धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यसअघि जिल्ला सदरमुकामस्थित बागलुङ –१, २, ३ र ४ वडा बाहेकका विद्यालय सञ्चालनमा आइसकेका थिए । नगर शिक्षा शाखाले आज आयोजना गरेको सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरुसँगको बैठकले दैनिक चार घण्टा मात्रै विद्यालय खोल्ने निर्णय गरेको हो । “दैनिक चार घण्टा विद्यालय सञ्चालन गर्ने, प्रार्थनाको समय, खाजा समय नगर्ने गरी विद्यालय सञ्चालनको अनुमति दिइएको छ,” उहाँले भन्नुभयो, “स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटा डेस्कमा दुई विद्यार्थी राखेर कम्तीमा २० मात्रै कक्षाकोठामा राखेर विद्यार्थी सङ्ख्याका आधारमा तीन सिफ्टमा विद्यालय सञ्चालन गर्न भनेका छौँ ।”

विद्यालयको साप्ताहिक विवरण नगरपालिकाको शिक्षा शाखामा पेस गर्ने र विद्यालयमा समस्या आएमा वडाको सहजीकरणमा विद्यालय बन्द अथवा समय परिवर्तन गर्न सकिनेछ । जिल्लामा अहिले कोरोना दर घटेर एक सयभन्दा तल आएपछि जिल्लाका विद्यालय खुल्न थालेका हुन् । विद्यालय सञ्चालन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको शिक्षा शाखालाई दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर