अस्ट्रियामा खोप नलगाएकालाई देशव्यापी लकडाउनको घोषणा — OSNepal

अस्ट्रियामा खोप नलगाएकालाई देशव्यापी लकडाउनको घोषणा

LC (KTM) November 15, 2021 0

भियना, २९ कात्तिक-अस्ट्रियामा खोप नलगाएका व्यक्तिलाई लक्षित गरी देशव्यापी लकडाउनको घोषणा गरिएको छ । लकडाउनबाट करिव २० लाख मानिस प्रभावित हुनेछन् । कोभिड संक्रमणका बिरामी बढेसँगै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको हो ।

प्रतिबन्धपछि उनीहरू नियमित काम गर्न, अत्यावश्यक खानेकुरा किनमेल गर्न र खोप लगाउनजस्ता आधारभूत कार्यबाहेक घर छोड्न पाउने छैनन् । ‘यस कदमलाई हामीले हल्का रूपमा लिएका छैनौं, पालना नगर्नेलाई कडा कारबाही हुन्छ,’,अस्ट्रेलियाका चान्सलर अलेक्जेन्डर च्यालेनवर्गले भने ।प्रतिबन्ध उल्लंघन गर्नेलाई एक पटकमा ९० युरोसम्म जरिवान हुनेछ । अस्ट्रियाको ६५ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर