अस्ट्रेलियामा एड्भान्स कलेज सदैब उत्कृष्ट श्रेणीमा, गुणस्तरीय र सीपमुलक शिक्षा दिनु नै मुख्य उद्देश्य — OSNepal

अस्ट्रेलियामा एड्भान्स कलेज सदैब उत्कृष्ट श्रेणीमा, गुणस्तरीय र सीपमुलक शिक्षा दिनु नै मुख्य उद्देश्य

LC (KTM) November 19, 2021 0

बिगत आठ बर्षदेखी एज्ड केयर र डिस्याबिलिटि कोर्षको अध्यापन र तालिम दिदै आएको सिड्नीको बरुड स्थित एड्भान्स कलेजले “इनर वेष्ट लोकल बिजनेस अवार्ड २०२१ “ प्राप्त गरेको जानकारी प्राप्त भएको छ। एन. एस. ड्ब्लु. राज्य सरकारका प्रतिनिधि स्थानिय काउन्सिल ,न्युज च्यानल ,आयोजक सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बिभिन्न बिधामा फाइनालिस्ट भएका र उपाधी प्राप्त गरेका स्थानिय बिजनेसलाई नोभेम्बेर १७ तारिख बुधवार एक समारोहका बिच अवार्ड प्रदान गरिएको थियो। इनर वेष्ट क्षेत्रमा एजुकेसन सर्भिस दिदै आएका ६२ वटा एजुकेशन प्रोभाईडरहरुलाई उछिन्दै एड्भान्स कलेजले सो अवार्ड प्राप्त गरेको हो।

अवार्ड प्राप्त गरेपछी कलेजका सिइओ पुष्पा अर्याल घिमिरेले विद्यार्थी कलेज म्यानेजमेण्ट तथा कर्मचारीहरुको बिशिस्ट योगदानका कारण हामीले यो सफलता प्राप्त गर्न सकेको बताउनु भएको थियो । उहाले आगामी दिनमा पनि विद्यार्थीलाई गुणस्तरीय र सीपमुलक एजुकेशन प्रदान गर्न आफुहरुको इमान्दार प्रयास हुने उल्लेख गर्नु भएको थियो। सो कलेजले गत बर्ष पनि यो अवार्ड प्राप्त गरेको थियो।

एज्ड केयर र डिस्याबिलिटि बिषयमा अध्यापन गराउदै आएको यो कलेजले विद्यार्थीहरुलाई सम्बन्धित क्षेत्रमा रोजगारीको समेत अवसर प्रदान गर्दै आएको छ । अस्ट्रेलियामा एज्ड केयर ,नर्सिङ र डिस्याबिलिटिको क्षेत्र रोजगारी र आम्दानिको दृष्‍टिकोणले राम्रो मानिन्छ। यो क्षेत्रमा नेपाली विद्यार्थीहरुको लगाव बढ्दै गएको देखिंन्छ । बिशेषगरी नेपाली विद्यार्थीहरुको भावना र चाहनालाई केन्द्रमा राखेर एड्भान्स कलेजले सीपमुलक तालिम र गुणस्तरीय एजुकेशन दिदै आएको छ।

संन् २०१९ देखी चाइल्ड केयर एजुकेशनको समेत अध्यापन र तालिम दिदै आएको यो कलेजको मुल उद्देस्य गुणस्तरीय एजुकेशन र तालिम दिएर योग्य जनशक्तिको उत्पादन गर्नु नै हो। केही बर्षदेखी कलेजले आफ्नै नर्सिङ एजेन्सी मार्फत् धेरैलाई नर्सिङ् क्षेत्रमा रोजगारी उपलब्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर