आइबा अध्यक्ष उमारले भेटे राष्ट्रपति र प्रधानमन्त्रीलाई — OSNepal

आइबा अध्यक्ष उमारले भेटे राष्ट्रपति र प्रधानमन्त्रीलाई

LC (KTM) November 18, 2021 0

काठमाडौं – अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा)का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन् । बुधबारनै उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँग भेट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

प्रवक्ता अवालेले बक्सिङ संघलाई उमारले खेल सामाग्री उपलब्ध गराएको जानकारी दिएका छन् । त्यसअघि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले अध्यक्ष उमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उमारले हिमाल जस्तै नेपाली बक्सिङलाई पनि उचाइमा पुर्‍याउन सकिने बताउँदै नेपाली बक्सिङको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बक्सिङ संघका अध्यक्ष अवालेले आइबा अध्यक्ष नेपाल आउनु गर्वको विषय भएको बताउँदै नेपाली बक्सिङको अवस्था बुझ्न उनलाई अझ सहज हुने बताए । नेपाल बक्सिङ संघ र नेपाल ओलम्पिक कमिटीको निमन्त्रणमा नेपाल आएका अध्यक्ष उमार बिहीबार दुबई प्रस्थान गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर