आईसिसी वर्ल्ड कप लिग २ : ज्ञानेन्द्र मल्ल आउट , रोहीतको इन , आशिफ शेख अर्धशतकको नजिक — OSNepal

आईसिसी वर्ल्ड कप लिग २ : ज्ञानेन्द्र मल्ल आउट , रोहीतको इन , आशिफ शेख अर्धशतकको नजिक

LC (KTM) September 14, 2021 0

आईसिसी वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले घरेलु टोली ओमान र नेपाल बीचको खेल जारी रहेको छ । ओमानमा जारी खेलमा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ।

नेपालको अहिले सम्म २ विकेट गएको छ । प्रारम्भिक ब्याट्सम्यानको रुपमा आएका हिजो अमेरिका संगको खेलमा ८४ रन जोडेका कुशल भुर्तेल आज शुन्य रनमै पभेलियन फर्किएका छन् ।

त्यस्तै भर्खरै कप्तान ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन् । उनले ३३ बलको सामना गर्दै १ चौकाको मद्धतमा २१ रन बनाएर आउट भए । नेपालले ताजा अवस्थामा १६ ओभरको समाप्तीमा २ विकेट गुमाएर ७४ रन बनाएर खेलिरहेको छ।

अहिले क्रिजमा आशिफ शेख र रोहीत पौडेल रहेका छन् ।अमेरिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। ५ खेलबाट ६ अंक भएको नेपाल छैटौँ स्थानमा छ। १० खेलबाट १४ अंक भएको ओमान शीर्षस्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर