आईसीसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित — OSNepal

आईसीसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित

LC (KTM) November 23, 2021 0

आईसीसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटमा पहिलो खेलमा हार ब्यहोरेको नेपाली महिला क्रिकेट टोलीले दोस्रो खेलमा भने जित निकालेको छ । पहिलो खेलम हङकङ संग पराजय भोगेको नेपालले भुटान बिरुद्धको खेलमा भने जित निकाल्न सफल भएको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा आज भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा इन्दु बर्माले अविजित १८, सिता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोडेका थिए । कविता जोशी ८ रनमा अविजित रहिन् ।भुटानकी टासी छेकीले एक विकेट लिएकी थिईन् ।

यस अघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रनको योगफल तयार पारेको थियो । भुटानका लागि नगावाङ छोदेनले १३, सोनाम पाल्डोनले ११ तथा कप्तान एसेय छोदेनले ९ रन जोडेकी थिईन् । नेपालका लागि सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् ।

करुणा भण्डारीले एक विकेट लिइन् ।यस जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर