आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट : आज आयोजक युएई संग नेपालले भिड्दै — OSNepal

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट : आज आयोजक युएई संग नेपालले भिड्दै

LC (KTM) November 27, 2021 0

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आइतबार अर्थात आज आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा यी दुई टोली भिड्न लागेका हुन् । खेल बिहान सभा ११ बजे बाट सुरु हुने छ । नेपालको लागि युएईविरुद्धको खेल डु अर डाई को अवस्थामा रहेको छ ।

ग्लोबल छनोटमा स्थान बनाउन नेपालले आजको खेलमा युएईविरुद्ध जित मात्र हात पारेर हुदैन नेट रनरेटमा समेत भर पर्नुपर्ने देखिएको छ ।प्रतियोगिता अन्तर्गत ६ टिम सहभागी छन् र केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ ।अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक सहित शीर्ष स्थानमा छ र उसले नेपालविरुद्ध खेल्नुपर्नेछ ।

यता नेपाल र हङकङले चारमध्ये तीन–तीन खेल जित्दै समान ६–६ अंक जोडेपनि नेट रनरेटमा भने नेपाल अगाडी छ ।ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आईतबार नै कुवेत विरुद्ध खेल्नेछ ।मलेसिया २ अंक, भुटान २ अंक र अंकको खाता खोल्न नसकेको कुवेत ग्लोबल छनोटबाट बाहिरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर