आईसीसी यू १९ पुरुष विश्वकप क्रिकेटको आयोजना वेस्ट इन्डिजले गर्ने — OSNepal

आईसीसी यू १९ पुरुष विश्वकप क्रिकेटको आयोजना वेस्ट इन्डिजले गर्ने

LC (KTM) November 17, 2021 0

क्रिकेटकै माध्यमबाट बिश्वभर चिनिएको देश वेस्ट इन्डिजले आईसीसी यू १९ पुरुष विश्वकप क्रिकेटको आयोजना गर्ने भएको छ । वेस्ट इन्डिजले पहिलो पटक यू १९ विश्वकप आयोजना गर्न लागेको हो । यसको जानकारी अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दिएको छ । १६ राष्ट्रले खेल्ने यस प्रतियोगिता २०२२ को जनवरी १४ देखि फेब्रुअरी ५ सम्म आयोजना हुनेछ । समूह ए मा बंगलादेश, इंग्ल्यान्ड, क्यानडा र युएई रहेको छ ।

समूह बी मा भारत, आयरल्याण्ड,दक्षिण अफ्रीका र युगान्डा रहेको छ ।समूह सी मा अफगानिस्तान,पाकिस्तान, पपुवा न्युगिनी र जिम्बावे रहेको छ ।त्यस्तै समूह डी मा अष्ट्रेलिया, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज रहेको छ । आइसीसीले जम्मा ४ समुहमा टोलीहरुको बिभाजन गरेको हो । उद्घाटनमा आयोजक वेस्ट इन्डिज र अष्ट्रेलिया भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर