आगामी संस्करण २०२२ अप्रिलमा सुरु हुने आइपीएलमा १० टोली सहभागी हुने — OSNepal

आगामी संस्करण २०२२ अप्रिलमा सुरु हुने आइपीएलमा १० टोली सहभागी हुने

LC (KTM) November 24, 2021 0

काठमाडौं, ८ मंसिर । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आइपीएल)को आगामी संस्करण २०२२ अप्रिलमा सुरु गर्ने योजना बनाएको छ ।

विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेलतालिका टुंगो नलागे पनि बीसीसीआईले मुख्य सरोकारवालालाई २ अप्रिलबाट चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको छ ।

आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको टी-२० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भएको छ । बीसीसीआईले प्रतियोगिता दुई महिनासम्म सञ्चालन गर्ने योजनामा सरोकारवालासँग छलफल पनि सुरु गरिसकेको छ ।

आठ टोलीले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि गुजरातको अहमदावाद तथा उत्तर प्रदेशको लखनउबाट एक/एक टिम थप्ने निर्णय भइसकेको छ । प्रतियोगिताको समूह चरणमा सबै टिमले सात होम र सात अवे गरी कुल १४ खेल खेल्नेछन् ।

कोभिड-१९ महामारीका कारण आइपीएलको २०२० सिजन पूरै तथा २०२१ को आधा सिजन संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर