आजकाे राशिफल : सिंहकाे मनमा प्रसन्नता छाउने, कन्या राशिकाे दाम्पत्य जीवनमा सुख — OSNepal

आजकाे राशिफल : सिंहकाे मनमा प्रसन्नता छाउने, कन्या राशिकाे दाम्पत्य जीवनमा सुख

LC (KTM) November 14, 2021 0

काठमाडौं, २८ कात्तिक – आजको पात्रो : २८ कात्तिक,आइतबार । १४ नोभम्बर (नेपाल संवत ११४२ कछलाथ्व) । कात्तिक शुक्लपक्ष दशमी तिथि । आज धादिङको फूलखर्क गंगाजमुनामेला मेला लाग्छ। काठमाडौंको बलम्बुमा महालक्ष्मी यात्रासमेत हुने हुन्छ ।

चन्द्रमा कुभ्म राशिमा पूर्वभाद्रपदा नक्षत्र रहेको छ । आज सूर्योदय ६ः२५ मा हुनेछ भने सूर्यास्त १७ः१० मिनेटमा हुनेछ । आजको देवता भग र ग्रहदेव सूर्यनारायण छन् । आइतबारका दिन सूर्यनारायणको दर्शन गर्दा दिन नैं उर्जामय हुन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

व्यापारव्यवसाय बाट लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट नयाँ कार्यायोजनाका लागि साथ सहयोग पाउनुहुनेछ । मेष राशि भएकालाई आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । बिहानको उदाउदो सूर्यको दर्शन गरेर काम सुरु गर्दा दिनभर उर्जा र कार्यसिद्ध हुने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईँका लागि आजको दिन अनुकूल छ । मनमा मानसिक चिन्ता, अनसन्तुष्टि रहन सक्छ । यात्राका लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा अघि नजिकैको कुनै पनि देवीदेवताको दर्शन गरेर यात्रा गर्दा आजको दिन तपाईँका लागि अनुकूल हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले मिथुन राशी भएकालाई आजको दिन मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याका कारण मनमा अनेक चिन्ता र विवाद हुनसक्छ । तपाईँले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आफन्त र मित्रजनबाट साथ असहयोग हुनेछ । दाम्पत्यजीवनमा विवाद हुनसक्छ । स्त्रिबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नसक्छ । आजको दिन होसियारीपूर्वक कार्य गर्नुहोला । आफूले गरिरहेको व्यापारव्यवसाय र कामबाट तपाईँलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आज मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईँको मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । मनमा अह्कार बढ्नसक्ने छ । त्यसैले आफूलाई धैर्यवान राख्नका लागि उपाय गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको आइतवार भएकाले अर्थ लाभ हुनसक्छ । अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईँलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अनुसन्धानको काममा लाग्नु भएको छ भने सफलता मिल्नेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईँको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईँमाथि अनेक आरोप लगाउन सक्छन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले सफलता मिल्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापारबाट सोचेभन्दा बढी लाभ हुने देखिन्छ । आजको दिन अनुकूल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुलेसमेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आर्थिक कारोबार गर्दा भने अलिकति विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईँलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्दा साथ सहयोग हुनसक्छ । नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईँको लागि उत्तम दिन हो । व्यापारव्यवसाय, लेखन, र तपाईँले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो आम्दानीअनुसार दान दक्षिण दिनुभयो भने गरिवलाई केही खानेकुरा दिनुभयो भने मनमा आनन्द मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन तपाईँलाई चन्द्रमामा साथ छ । बिहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम हुनेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थ लाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आजको दिन बालबालिकालाई केही मीठा खानेकुरा दिनुभयो भने निकै खुसीयाली छाउने छ । सोचअनुसारको काम हुँदा मनमा प्रसन्नता छाउने छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

व्यापारमा हुने मीन राशी भएकालाई दिन उत्तम छ । धनलाभ प्राप्त हुने योग छ । यात्राबाट अनावश्यक खर्च हुनेछ । परिवारका सदस्य र मित्रले यात्राको प्रस्ताव गर्नसक्छन यस्तो बेला मीन राशी भएकाले यात्रा गर्दा विचार गर्नुपर्ला । व्यापारबाट आंशिक सफलता भएपनि अध्ययन अध्यापनमा लाग्ने सफलता मिल्नेछ । आजको दिन नियमित कामबाहेक अन्य नयाँ काममा समय नदिएको राम्रो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर