आजबाट ई-पासपोर्ट पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई — OSNepal

आजबाट ई-पासपोर्ट पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर सरकारले आजबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) को वितरण गर्ने भएको । छ । पहिलो ई पासपोटै भने शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइने बताइएको छ ।

आज बुधबार दिउँसो २ बजे राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले जोशीलाई ई-पासपोर्ट दिई यसको सुरुवात गरिने भएको छ ।

२०२२ को सुरुवात सँगै ईपासपोर्टको प्रचलनमा ल्याउन विभागले जनाएको छ । शुरुका केहि दिनमा भने यो सीमित संख्या वितरण गरिने पनि विभागले जनाएको छ ।

फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई-पासपोर्ट छपाइको लागि विभागले दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।

जसअनुरुप १० महिनाभित्र कम्पनीले ई-पासपोर्टको वितरणका लागि सबै काम सकाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर