आज अमेरिकी डलरको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस कुन देशको कति पुग्यो — OSNepal

आज अमेरिकी डलरको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस कुन देशको कति पुग्यो

LC (KTM) January 10, 2022 0

काठमाडौं-नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९७ पैसा कायम छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २६ पैसा र बिक्रीदर १० रुपैयाँ ३१ पैसा रहेको छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा छ ।साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर