आज कोरोना मुक्त हुने भन्दा सङ्क्रमित हुने धेरै, ४ जनाले गुमाए ज्यान — OSNepal

आज कोरोना मुक्त हुने भन्दा सङ्क्रमित हुने धेरै, ४ जनाले गुमाए ज्यान

LC (KTM) November 22, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार आज ९ हजार ९२१ जनामा पीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा र २ हजार ७७६ जनामा एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी सोही अबधीमा २५८ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।७ प्रतिशत रहेको छ ।सोही अवधिमा ४ जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०० पुगेको छ ।यसैगरी देशमा हालसम्म सात हजार २६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७१ हजार ४८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर