आज थप ३०८ जनामा कोरोना सङ्क्रमण पुष्टि,तीन जनाको मृत्यु — OSNepal

आज थप ३०८ जनामा कोरोना सङ्क्रमण पुष्टि,तीन जनाको मृत्यु

LC (KTM) November 25, 2021 0

काठमाडौँ, ९ मङ्सिर – देशभर पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ९०९ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या हालसम्म आठ लाख २० हजार २८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४२४ पुगेको छ । पछिल्लो समय थप २९८ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या हालसम्म आठ लाख एक हजार ४२० पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट तीन जनाको मृत्यु -पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ७७ हजार ८८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३४९ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ९६१, संस्थागत आइसोलेशनमा ३८८, सघन उपचार कक्षमा १९७ र भेन्टिलेटरमा ४१ जनाको उपचार हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर