आज नेपाली महिला क्रिकेट टोलीले मलेसिया संग प्रतिस्पर्धा गर्दै — OSNepal

आज नेपाली महिला क्रिकेट टोलीले मलेसिया संग प्रतिस्पर्धा गर्दै

LC (KTM) November 25, 2021 0

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको चौंथो खेलमा आज नेपाली महिला क्रिकेट टोलीले मलेसिया संग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र मलेसियाको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने बताइएको छ । खेल बिहान सभा ११ बजे सुरु हुनेछ । एकमा हार र दुईमा जित निकालेको नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले मलेसियाविरुद्ध जित हात पार्नुपर्ने हुन्छ ।

त्यसैले नेपाल जित निकाल्ने योजनामा हुनेछ ।सन् २०१९ मा भएको दुई भेटमा नेपालले मलेसियालाई हराएको थियो । नेपाल पहिलो खेलमा हखेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।यस्तै नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ । नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर