आज पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मूल्य ! — OSNepal

आज पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मूल्य !

LC (KTM) November 23, 2021 0

काठमाडौं-आज मंगलबार सुनको भाउ सोमबारको तुलनामा ह्वात्तै घटेको छ। आज छापावाल सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९१ हजार ८०० मा झरेको छ।

चाँदीको भाउ पनि सोमबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर