आज पनि ह्वात्तै घट्यो सुनको मुल्य, किन्ने होइन — OSNepal

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य, किन्ने होइन

LC (KTM) January 07, 2022 0

काठमाडौ , नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार ९२ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा सात सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँमा किनबेच भएको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य प्रतितोला १२२५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर