आज सार्वजनिक बिदा दिने सरकारको निर्णय — OSNepal

आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

LC (KTM) October 19, 2021 0

काठमाडौं मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय स् प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यस्तै, बैठकले आज ९२ कात्तिक०मा मोहम्मद जयन्ती ९१४९६०को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

सरकारले साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीहरूलाई प्रति खेलाडी पाँच लाख र प्रशिक्षकलाई तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

बैठकले अर्थ मन्त्रालय आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० नियमावली, २०७८ स्वीकृत गर्ने, अबुधावी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई स्वीकृति दिने निर्णय गरेको छ ।

विभिन्न मन्त्रालयहरूमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने र लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्त गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर